स्वास्थ्य

'आमा बचाउ अभियान' कार्यक्रमका लागि एम्बुलेन्स हस्तान्तरण

इकागज |
मंसिर २६, २०७९ सोमबार १४:२३ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाद्वारा 'आमा बचाउ अभियान' कार्यक्रमका लागि वडा नम्बर १८ लाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडाध्यक्ष भुवन रिजाललाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाको समेत उपस्थिति रहेको थियो ।


एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि नि:शुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए । उनले नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताए ।


Author

थप समाचार
x