स्वास्थ्य

सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने, बिदामा बसेकालाई तत्काल काममा फर्कन निर्देशन

इकागज |
बैशाख १४, २०७८ मंगलबार १७:१८ बजे

काठमाडौँ   : सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ । कोभिड १९ को संक्रमण उच्च भएको र उपचारमा खटिनुपर्ने भन्दै सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्रालयमा आज बसेको सचिव स्तरिय बैठकले यसबारे निर्णय गरेको हो ।  

आजको बैठकले बिदामा रहेको स्वास्थ्यकर्मीलाई सम्बन्धीत कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिने निर्णय गरेको छ ।  बैठकले अस्पतालमा रहेको दरबन्दी अनुसार पद रित्त भएको खण्डमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र त्यसको लागि ६ महिना करारमा सेवामा भर्ना गर्ने निर्णय पनि गरेको छ ।  कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आलोपालो प्रणाली लागू गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।      



Author

थप समाचार
x