स्वास्थ्य

वीपी प्रतिष्ठानमा इन्डोस्कोपी चिकित्सकहरुको सार्क सम्मेलन

इकागज |
पुस ६, २०७९ बुधबार १७:२६ बजे

विराटनगर - धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालसहित सार्क राष्ट्रका  ग्याष्ट्रोइन्टरलोजी, ग्याष्ट्रोसर्जरी र जनरल सर्जरीका चिकित्सकहरूको इन्डोस्कोपी सार्क सम्मेलन सम्पन्न भएको छ ।

इन्डोस्कोपीतर्फको तीन वटै विभागको संयुक्त आयोजनामा प्रतिष्ठानमा दुई दिने इन्डोसार्क सम्मेलनमा सर्जिकल इन्डोस्कोपीका चुनौतीहरूबारे नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट सहभागी ग्याष्ट्रोइन्टरलोजी, ग्याष्ट्रोसर्जरी र जनरल सर्जरीका दुई सय चिकित्सकहरूबीच छलफल भएको जनाइएको छ ।


सम्मेलनमा आमाशय, आन्द्रा, कलेजो, पित्तथैली, पित्त थैलीको नली, प्याङ्क्रीयाज, मलद्वारमा हुने विभिन्न रोगहरूको पहिचान र उपचारबारे चिकित्सक र विद्यार्थीहरू वृहत् छलफल भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।
 
सम्मेलनमा उपचारको क्रममा हुने जटिलताहरुलाई दुरविन प्रविधिको प्रयोगबाट सरलीकृत गर्ने  विषयमा पनि छलफल भएको जनाइएको छ । सम्मेलनमा विश्व भर प्रयोगमा आइरहेका नयॉ प्रविधि र उपचार पद्धतिबारे अनुभव आदान प्रदान गरिएको जनाइएको छ ।

सम्मेलनमा सहभागी चिकित्सकहरूले आफ्नो क्षेत्रबाट तयार पारिएको अनुसन्धान पत्र समेत प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x