स्वास्थ्य

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु

इकागज |
पुस १३, २०७९ बुधबार १५:४ बजे

कैलाली । प्रदेशको एकमात्र रेफलर अस्पताल सेती प्रादेशिक अस्पताल धनगढीमा जडान भएर पनि सञ्चालनमा आउन नसकेको सिटी स्क्यान सेवा आजबाट सुरु भएको छ ।

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यताको भने अब अन्त्य भएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । मस्तिष्कघात लगायत मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्या लगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने बताउदै सदस्य भट्टले अब बिरामीले बाहिर महंगो शुल्क तिर्न नपर्ने बताए ।



Author

थप समाचार
x