स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले धरानको विपी प्रतिष्ठानलाई किन सोध्यो २४ घण्टे स्पष्टीकरण ?

इकागज |
पुस १४, २०७९ बिहीबार १७:२८ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो त्रैमासिकको विकास समस्या समाधान उपसमितिको समीक्षा बैठकमा अनुपस्थित भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयको विकास समस्या समाधान उपसमितिको बैठकमा प्रतिष्ठानका पदाधिकारी अनुपस्थित भएपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो  

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले मन्त्रिस्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा बिना जानकारी अनुपस्थित भएको भन्दै स्पष्टीकण पत्र प्राप्त भएको  २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएका हुन् ।


विपी प्रतिष्ठानका अस्पताल निर्देशक र रजिष्ट्रारलाई सोधिएको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनुहुन यस मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जानकारी गराइन्छ।'


Author

थप समाचार
x