स्वास्थ्य

नर्भिक अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

इकागज |
पुस १८, २०७९ सोमबार १५:१४ बजे

काठमाडौं- काठमाडौंको नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

अस्पतालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको सफलतापूर्वक मिर्गौलाको प्रत्यारोपण सम्पन्न गरिएको जनाएको हो । आगामी दिनमा उक्त सेवालई विस्तार गर्दै लगिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनले मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।


यस्तै ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको बताए ।

अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जनाएको मिश्रले जानकारी दिए ।


Author

थप समाचार
x