स्वास्थ्य

भरतपुर अस्पतालमा ४ हजार ४५८ जनाले पाए निःशुल्क उपचार

इकागज |
पुस २१, २०७९ बिहीबार १७:० बजे

काठमाडौँ- चितवनस्थित भरतपुर अस्पतालमा पाँच महिनामा ४ हजार ४५८ जनाले निःशुल्क सेवा लिएका छन् । साउन १ देखि मङ्सिर २९ गतेसम्म विभिन्न समूह तथा व्यक्तिले कूल ४ हजार ४५८ जनाले निःशुल्क उपचार लिएको अस्पतालले जनाएको छ ।

अस्पतालको सामाजिक सेवा इकाइबाट लक्षित तथा विपन्न वर्गका ३ हजार ४२७ नागरिकले साउन १ देखि मङ्सिर २९ गतेसम्म उपचार पाएका हुन् ।


अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार ३ हजार ४२७ जनाले १ करोड १६ लाख ७३ हजार ६४३ रुपैयाँ बराबरको उपचार पाएका छन् ।

त्यसैगरी १ हजार ३१ जनाले इमर्जेन्सीकाे उपचार पाएका छन् भने १ हजार ३१ जनाले ३ लाख २८ हजार १ हजार ३९ रुपैयाँ बराबरको उपचार पाएको पौडेलले जानकारी दिए ।

'अस्पतालबाट निःशुल्क उपचार पाउन सम्बन्धित वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने छ,' उनले भने ।

 

 


Author

थप समाचार
x