स्वास्थ्य

कोभिड नियन्‍त्रण गर्न सरकारलाई जनार्दनका ६ सुझाव

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १२:१ बजे

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा माओवादी केन्‍द्रका नेता जनार्दन शर्माले नेपालमा पनि कोभिड-१९ महामारीले गम्‍भीर समस्‍या उत्‍पन्‍न भएको भन्‍दै सरकारको ध्‍यानाकर्षण गराएका छन् । शुक्रबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत उनले बिरामीको उपचारका लागि  आइसीयू, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भएकोले तत्‍काल व्‍यवस्‍था गर्न ध्‍यानाकर्षण गराए हुन् । उनले सरकारलाई ६ बुँदे सुझा दिएका छन् । 

यस्‍ता छन् उनका सुझाव 


१) देश भरका सरकारी तथा निजी सबै अस्पतालसंग भएको उपचार क्षमताको आँकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरूसँग सहकार्यगरी ७० प्रतिसत कोभिड उपचारको लागि छुट्याउने ।

२) अक्सिजन प्लान्टहरू सुचारु गर्ने, सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि(Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरूमा सामान्य बिरामीको अक्सिजनसहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।

४) देशभर उपलब्ध डाक्टरहरूले संख्या कति छ यकिनगरी कर्णाली, सुप जस्ता दुर्गम क्षेत्रसहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।
५) आइसीयु इकुमेन्ट, अक्सिजन प्लान्टलगायतका इकुमेन्टहरू हवाई मार्गमार्फत  तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।
५) महामारीको जोखिम मोलि काम गर्ने डाक्टरलगायत जोखिमका  क्षेत्रहरूमा काम गर्ने सबैका लागि १०० प्रतिसत जोखिम भत्ता उपलब्ध गराउने ।

 


Author

थप समाचार
x