स्वास्थ्य

खानेपानीमन्त्री थापालाई कोभिड-१९ संक्रमण

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १३:३३ बजे

फाइल तस्‍बिर

काठमाडौँ : खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पीसीआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो ।  उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । 

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पीसीआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहनुभएको उनका स्वकीय सचिव गौतमले जानकारी दिए । 


उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो । रासस
 


Author

थप समाचार
x