स्वास्थ्य

पाँचखालमा एक सय जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

इकागज |
पुस २९, २०७९ शुक्रबार १३:३७ बजे

काभ्रे- पाँचखाल नगरपालिकाले विभिन्न स्थानमा गरेकाे आँखा शिविरमा एक सय जनाकाे माेतियाविन्दुकाे सफल शल्यक्रिया गरेको छ । नगरपालिकाको खरेलथोक, साठ्ठिघर, आँपघारी, अनेकोट, समाजकल्याण, दुलालथोकमा गरेको शिविरमा ७ सय ३६ जना लाभान्भित भए ।

पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीका अनुसार ७ सय ३६ जनाको आँखा परीक्षण गर्दा १ सय भन्दा बढी मोतियाविन्दुका विरामी भेटिएका थिए । मोतियाविन्दु देखिएका १ सय जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा शल्यक्रिया गरिएको उनले जानकाीरी दिए । पाँचखाल नगरपालिकाको आयोजनामा भएको आँखा शिविरमा माट्रिका आई सेन्टरको प्राविधिक सहयोग रहेको थियो ।


बिरामीहरुको डा.किश्वरराज वराल, डा. लज्जा सिंह, डा.उर्सुला, कल्याण ढुंगानालगायतले आँखाको शल्यक्रिया गरेका थिए भने दीक्षा पौडेल, आस्मा विक, प्रसंशा ढुंगाना र अंकिता मित्रले फिल्डमा गएर बिरामीको मोतियाविन्दुको परीक्षण गरेका थिए ।

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले नगरलाई मोतियाविन्दु मुक्त नगरपालिका बनाउने उदे्श्यले आँखा शिविरको आयोजना गरिएको जानकारी दिए । हरेक वर्ष आँखा शिविर गरेर मोतियाविन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरिने खरेलको भनाइ छ । शिविरलाई माट्रिका आई सेन्टर, समाज सुधार युवा क्लब आँपघारी, स्थानीय जनप्रतिनिधिहरुले सहयोग गरेका थिए ।


Author

थप समाचार
x