लुम्बिनी प्रदेशमा शुक्रबार १६ जना कोभिड संक्रमितको मृत्यु
बुटवल : लुम्बिनी प्रदेशमा शुक्रबार कोभिड-१९ संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । त्यस्तै प्रदेशमा १ हजार ७१० जना नयाँ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य निदेशनालयले दिएको जानकारीअनुसार उनीहरू शुक्रबार सबैभन्दा बढी रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । त्यसैगरी बाँकेमा ४ जना र कपिलवस्तुमा ४ जनाको मृत्यु भएको छ । त्यसैगरी पाल्पा र पश्चिम नवलपरासिमा १/१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी शुक्रबार संक्रमित भएकाहरूमध्ये रुपन्देहीका ६२१ जना रहेका छन् । त्यसैगरी बाँकेमा ६५ जना सक्रमित थपिएका छन् । त्सैगरी दाङमा २ सय १५ जना संक्रमित थपिएका छन् । अन्य जिल्लामा भने संक्रमितको संख्या सय भन्दा कम रहेको छ । खासगरी बाँके रुपन्देही दाङ जस्ता जिल्लाको अवस्था बढी गम्भीर देखिएको स्वास्थ्य निदेशनालयका प्रमुख डा. विनोद गिरीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया