डा. श्रेष्ठ दम्पतीको निधनमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द
काठमाडौँ- आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ । अर्थोपेडिक सर्जन डा. शुसिल श्रेष्ठ, श्रीमती डा. सोना दिवाकर र छोराको निधनको शोकमा सेन्टरले इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द गरेको हो ।
सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ । सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी निधन भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया