स्वास्थ्य

पूर्वस्वास्थ्यमन्त्री चौधरीले पाएनन् अक्सिजन

इकागज |
बैशाख १९, २०७८ आइतबार १३:२८ बजे

धनगढी : कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी र उनकी श्रीमतीले अक्सिजन नपाएको गुनासो गरेका छन् ।

श्रीमतीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि गुहार गरेका पूर्वमन्त्री चौधरीले अक्सिजन नपाएको बताए । अहिले एक एक निजी अस्पतालबाट १५ हजार धरौटी राखेर एक थान सिलिण्डर ल्याएर श्रीमतीको उपचार भइरहेको चौधरीले बताए । 


अहिले दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पूर्वमन्त्री चौधरीको स्वास्थ्य अवस्था सुधार भएको छ भने उनकी श्रीमतीको सुधारोन्मुख छ ।


Author

थप समाचार
x