वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन
फाइल तस्बिर
काठमाडौँ- वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उनलाई सम्मान गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहनत र क्रियाशीलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए ।
स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उनले सरल स्वभावका रुइतको सुखमय जीवन र थप प्रगतिको कामना गरे । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराए ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले उहाँको सामाजिक विकास तथा मानवीय सेवाको भावना अतुलनीय रहेको बताए ।
हालै बहराइनबाट दिइने इशा अवार्ड प्राप्त गर्न डा रुइत छनोट भएका छन् । जसको राशि १३ लाख अमेरिकी डलर बराबरको छ । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्न लागेका उनी पहिलो नेपाली हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया