स्वास्थ्य

कोभिड-१९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्‌काल

इकागज |
माघ १७, २०७९ मंगलबार १४:५ बजे

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो । 

कोभिड १९ बाट भएको मृत्यु  दर विश्वव्यापी रूपमा वृद्धिको बीचमा यो घोषणा आएको हो । शुक्रबार कोभिड–१९ महामारीको त्रैमासिक मूल्याङ्कन बैठकपछि, डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन (२००५) आपतकालीन समितिले पिएचआइसि सोमबार घोषणा गर्‍यो । जसलाई डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले सहमति जनाएका छन् ।


कोभिड–१९ स्वास्थ्य प्रणालीमा ठूलो नोक्सानी पुर्याउने क्षमता भएको खतरनाक सङ्क्रामक रोग बनेको छ ।  समितिले कोभिड–१९ महामारीले सङ्क्रमणको विन्दुनजिक पुगेको स्वीकार गर्दै विज्ञप्तिमा प्रकाशन गरेको छ । 

यद्यपि सङक्रमण वा खोपले विश्वव्यापी रूपमा जनसङ्ख्याको प्रतिरोधात्मक क्षमताको उच्च स्तरमा पुर्‍याउन सक्छ र रोग र मृत्युदरको प्रभावलाई सीमित गर्न सक्छ, । ‘यसमा कुनै शङ्का छैन कि यो भाइरस निकट भविष्यको लागि मानिस र जनावरहरूमा स्थायी रूपमा स्थापित रोगजनक रहनेछ,“ समितिले जानकारी दिएको छ । 


Author

थप समाचार
x