स्वास्थ्य

रुद्रमती विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर

इकागज |
माघ २०, २०७९ शुक्रबार १८:१७ बजे

काठमाडौं - काठमाडौंको वडा नं २९ अनामनगरस्थित रुद्रमती विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। प्रगति नेपालको आयोजना र महिला तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उक्त शिविर संचालन गरिएको हो ! कलाकार,निर्माता,बितरक करन श्रेष्ठ तथा जिजिए ग्रुपले शिविरको लागि आवश्यक पर्ने औषधि,कुर्सि,टेन्टको व्यवस्थापन गरेको थियो ।

उक्त शिविरमा समाज डेन्टल हस्पिटल र मात्रिका आँखा सेन्टरका दश जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा दाँत,आँखा लगाएतको विभिन्न रोगको जाँच गरिने प्रगति नेपालकी अध्यक्ष दुर्गा थापाले बताउनु भयो । शिविरमा ५ लाख बरावरको औषधि निशुल्क वितरण गरिने छ।


 

 


Author

थप समाचार
x