तीन जिल्लाका सिडिओ बैठक भोलि बस्ने
काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को बैठक मंगलबार (भोलि) बस्ने भएको छ । २२ गतेसम्म निर्धारण गरिएको निषेधाज्ञाको समयावधि थप्ने र कडाइँ गर्ने सम्बन्धमा छलफल गर्न बैठक बस्न लागिएको हो ।
बैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी पन्ध्र दिनको लागि सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया