चिकित्सक संघको हड्ताल :
स्याङ्जादेखि आएँ, अस्पतालमा तालाबन्दी छ, कसरी उपचार गर्नु ? (फोटो फिचर)
काठमाडौँ- नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् ।
ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।
स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन् ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’
सरकारले सो घटनामा संलग्न एक वरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानैदेखि सरकार र चिकित्सिक संघका पदाधिकारीबीच वार्ता भने भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया