डाक्टरका नारा : भीभीआईपीको सवारी जनतालाई भो भारी ! जनताकै कर, हिँड्नलाई भो डर !
काठमाडौँ- नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् ।
ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।
स्वास्थ्यकर्मीमाथि अत्याचार आक्रमण कहिलेसम्म ?, सम्वृद्धिको आशै छैन, सुरक्षा त देउ, होइन भने सेतो कोट र स्थेटोस्कोप तिमि नै लेऊ !, प्रहरी हाम्रो सुरक्षाको लागि कि हामीमाथि आक्रमण गर्न ?, विदेश पलायन हुन बाध्य नपार, भीआइपी र भीभीआइपीको सवारी जनतालाई भो भारी ! जनताकै कर, हिँड्नलाई भो डर !!! लगायत पम्प्लेट बोकेर चिकित्सकहरूले आन्दोलन गरेका हुन् ।
तस्बिरहरू : अनुज बज्रचार्य/इकागज
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया