स्वास्थ्य

कोभिड संक्रमितको संख्या बढ्दो

इकागज |
कात्तिक ३०, २०७७ आइतवार २०:१० बजे

काठमाडौँ  पछिल्लो २४ घण्टामा छ हजार  चार सय ७६ मा परीक्षण गर्दा थप एक हजार चार सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ७ सय ९८ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको कुल सङ्ख्या एक लाख ७३ हजार ४ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १ सय ३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।


त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२-२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ-आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।

खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार-चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच-पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन-तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई-दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक÷एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ । (रासस) 


Author

थप समाचार
x