स्वास्थ्य

अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर किन्दै सुदूरपश्चिम सरकार

इकागज |
बैशाख २१, २०७८ मंगलबार १३:२० बजे

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले पाँच सय अक्सिजन सिलिन्डर र एक सय अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्रदेशको सामाजिक विकास मन्‍त्रालयस्थित स्वास्थ्य निर्देशनालयले खरिद प्रक्रिया अघि बढाएको हो ।

पाँच लिटर प्रति मिनेट क्षमताका ४० सेट र १० लिटर प्रति मिनेट क्षमताको ६० सेट कन्सन्ट्रेटर खरिद गर्न खोजिएको छ । त्यसबाहेक १० लिटर क्षमताको दुई सय थान सिलिन्ड र ४६ लिटर क्षमताको तीन सय थान किन्न लागिएको निर्देशनालयले जानकारी दिएको छ ।



Author

थप समाचार
x