स्वास्थ्य

कांग्रेस सांसद भण्डारीको आज शल्यक्रिया हुने

इकागज |
फागुन ५, २०७९ शुक्रबार ७:२९ बजे

फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ ।​ बुधबार राती ग्याँस लिक हुँदा दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिबाकोटीका अनुसार शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको जानकारी दिए । उनका अनुसार भण्डारीकाे अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्। 


शुक्रबार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासि लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भीर घाइते भएका थिए । किर्तिपुरस्थित अस्पतालमा पर्‍याइएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिएपछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भनाई हिजै किर्तिपुर अस्पतालमा निधन भएको छ । 


Author

थप समाचार
x