स्वास्थ्य

वीरको नयाँ भवनलाई कोभिड स्पेशल अस्पताल बनाउन अनुरोध

इकागज |
बैशाख २१, २०७८ मगलवार २०:५७ बजे

काठमाडाैँ : वीर अस्पताल र त्रिभुवन  विश्वविद्यालय शिक्षण अस्पतालमा  ५० प्रतिशत वेड  काेभिड १९ संक्रमितकाे उपचारकाे लागि छुट्याएर उपचार गर्न र वीर अस्पतालकाे नयाँ भवनमा काेभिड संक्रमितकाे उपचार सेवा सुरू गर्न समितिले स्वास्थ्य मन्त्रालयलाई अनुराेध  गरिने भएकाे छ ।  काेभिड १९ व्यवस्थापन , समन्वय तथा सहजिकरण समितिले मंगलबार गृहमन्त्रालयका सचिवसँग छलफल गर्दै यस्ताे अनुराेध गरेकाे हाे ।   

समितिका पदाधिकारीले गृहसचिवसँग काेभिडकाे दाेस्राे लहरकाे राेकथाम, उपचार तथा नियन्त्रणकाे विषयमा छलफल गरे। मंगलबारकाे बैठकले काेभिड संक्रमित बिरामी अस्पताल भर्ना भएर उपचार गर्दा लाग्ने विभिन्न शुल्क बापत तोकिएको दररेटका बारेमा गृहमन्त्रालयले विज्ञप्ति जारी गरेर सर्वसाधारणका लागि जानकारी गर्न अनुराेध गर्ने निर्णय पनि गरेकाे छ ।   


त्यस्तै मुलुक भरका अस्पताल र उपत्यकास्थित अस्पतालहरूमा भएको बेड क्षमता, (साधारण बेड, एचडीयू, आइसीयू  र  भेन्टिलेटर समेत छुट्टाछुट्टै  विवरण र प्रयोगको अवस्थाको विषयमा दैनिक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेकाे छ । 

काेभिड संक्रमणका कारण मृत्यु भएकाकाे शव व्यवस्थापन स्थलकाे पहिचान गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला स्तरिय संकट व्यवस्थापन समितिलाई  उपलब्ध गराउन सबै स्थानीय तहलाई  निर्देशन गर्न  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि मंगलबारकाे बैठकले गरेकाे छ ।  


Author

थप समाचार
x