स्वास्थ्य

हात्तिपाइले रोगविरुद्ध अभियान आजबाट, कुन-कुन जिल्लामा खुवाइँदैछ औषधि ?

इकागज |
फागुन ११, २०७९ बिहीबार ७:१७ बजे

काठमाडौँ- आजदेखि हात्तिपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ ।

आज अर्थात ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधि सेवन अभियान सुरु हुन लागेको हो । जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधि सेवा अभियान सुरु हुनेछ ।

यसैगरी, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधि खुवाइनेछ ।
 


Author

थप समाचार
x