अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी
काठमाडौं : सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जङ्गीअड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले फर्किने तयारी हालतमा रहन निर्देशन दिएको हो ।
२०७२ पछिका नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने अवस्था रहेको बैठकको निष्कर्ष छ ।
मुलुकमा बढीरहेको कोभिड–१९को संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको सेनाले जानकारी दिएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने घोषण गरेका थिए । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया