कोभिड संक्रमितको उपचारमा तोकेभन्दा शुल्क लिए निजी अस्पताललाई कारबाही गरिने
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालले कोभिड-१९ संक्रमितको उपचारमा तोकेभन्दा बढी शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । अनावश्यक शुल्क नलिन मन्त्रालयले अनुरोध गरेको छ । बढी शुल्क लिएको गुनासो परेपछि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अब त्यस्ता गतिविधि भएको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
'महामारीको समयमा एकले अर्कालाई दुःख दिने, समस्या बढाउने कार्यप्रति गम्भीर ध्यानार्षण भएको छ,' मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ,' यस्ता गतिविधिहरू गरेको पाइएमा स्थानीय प्रशासनमा जानकारी गराउनु । नियमित अनुगमन भइरहेको र नियम अनुसार कडा भन्दा कडा कारबाही गरिन्छ ।'
मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरूको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरूको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया