काठमाडौँमा निषेधाज्ञामा बिहे र मृत्युसंस्कार गर्न के-के चाहिन्छ ?
फाइल तस्बिर
काठमाडौं : निषेधाज्ञा अवधिभर विवाह, व्रतबन्ध र मृत्युसंस्कार, बिरामी तथा बिरामी कुरुवालाई सहजीकरणबारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण दिएको छ । बुधबार गते देखी लागू हुने गरी जारी गरिएको आदेशमा अत्यावश्यक कार्यका लागि सहजीकरण/ सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको गुनासो आएपछि कार्यालयले स्पष्ट पारेको हो ।
अब विवाह व्रतवन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाउनेछन् ।
मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेस गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपीसहित निवेदन पेस गर्न सकिने उल्लेख छ ।
काठमाडौं भित्रका विरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवात जावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भै काठमाडौ वाहिर जानु पर्ने अवस्थामा विरामीको रिपोर्टकार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्यूटी आवात जावत गर्न पाउने उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया