स्वास्थ्य

कैलालीका २७८ सहित सुदूरपश्चिमका थप ३६९ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
बैशाख २३, २०७८ बिहीबार १५:४९ बजे

धनगढी : कैलालीका दुई सय ७८ सहित सुदूरपश्चिमका थप तीन सय ६९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ सय ५० जनामा परीक्षण गर्दा तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढीका एक सय १७ र अन्य स्थानीय तहका एक सय ६१ जना रहेका छन् । यस्तै सुदूरपश्चिमका अन्य जिल्लाका ९१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रादेशिक अस्पतालमा अहिले ५८ जना गम्भीर प्रकृतीका संक्रमितको उपचार भइरहेको छ । २० जनाको आइसियू, तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्यको अक्सिजन सहायतामा उपचार भइरहेको अस्पतालले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६ जना संक्रमण मुक्त भएका छन् भने १४ जना अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचाररत थप चार जना संक्रमितको मृत्यु भएको छ । 



Author

थप समाचार
x