स्वास्थ्य

सेती अस्पतालमा उपचाररत थप चार कोभिड संक्रमितको मृत्यु

इकागज |
बैशाख २३, २०७८ बिहीबार १७:११ बजे

फाइल फाेटाे

धनगढी : पछिल्लो २४ घण्टामा सुदूरपश्चिममको रेफरल सती प्रादेशिक अस्पतालमा उपचाररत चार जना कोभिड संक्रमितको मृत्यु भएको छ । कैलालीका तीन र बझाङका एक जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला, जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोभिड संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालमा अहिले ६८ जना कोभिड संक्रमितको उपचार भइरहेको छ ।



Author

थप समाचार
x