स्वास्थ्य

महाकाली अस्पतालमा ८ संक्रमितको मृत्यु

इकागज |
बैशाख २३, २०७८ बिहिवार २०:४८ बजे

फाइल तस्बिर

धनगढी : पछिल्लो २४ घण्टामा कञ्‍चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारा चाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालय कञ्‍चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टका अनुसार भीमदत्त नगरपालिका-३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।


यस्तै दोधारा चाँदनी नगरपालिका-१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका-१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको हो ।


Author

थप समाचार
x