स्वास्थ्य

स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ७ संक्रमित थपिए

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १६:२५ बजे

दैलेख  : जिल्लाको ठाटिकाध गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित सात जना काेभिड संक्रमित थपिएका छ्न ।  प्राथमिक स्वास्थ्य केन्द्र ठाटिकाधमा १० जनामा गरिएको एन्टिजेन परीक्षणमा सातजनाको रिपोर्ट पोजेटिभ आएको हो । 

संक्रमित हुनेमा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुइजना कर्मचारी, कृष्ण माध्यामिक विद्यालयका एकजना शिक्षक, वडा नम्बर ६ का १ जनप्रतिनिधिलगायत रहेको प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब असिस्टेन्ट हिमाल गुरुङले बताए । ‘भारतबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ,’ ल्याब असिस्टेन्ट गुरुङले भने, ‘कोभिडबाट बँच्न आ–आफ्नो ठाउँमा सबैजना सचेत रहनुस् ।’ 



Author

थप समाचार
x