वीरगंज महानगरले सञ्चालनमा ल्यायो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर
वीरगंज : वीरगंज महानगरपालिकाले स्थापना गरेको एक सय बेडको अस्थायी कोभिड अस्पताल र एक सय बेडको आइशोलेसन सेन्टर सञ्चालनमा आएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सञ्चालनमा आएको जानकारी दिए ।
जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको बैठकमा निर्णय भएअनुसार वीरगन्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल र आइसोलेसन स्थापना गरेको उनले बताए । गोपाल मण्डलीमा एक सय बेडको सामान्य लक्षण भएका संक्रमितहरूको लागि कोभिड अस्पताल र लक्षण नदेखिएका संक्रमितको लागि एकसय बेडको आइसोलेसन तयार भएको सरावगीले बताए ।
कोभिड अस्पतालमा कोभिड केश हेर्ने विशेषज्ञ डाक्टर डिएम १ जना, एमडी मेडिकल २ जना, मेडिकल अफिस ५ जना, प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र प्रशासनिक कर्मचारी १० जनाबाट संचालन गरिने सरावगीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया