स्वास्थ्य

हेटौंडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १९:१ बजे

फाइल फाेटाे

हेटौंडाः हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा उपचाररत २ संक्रमितको मृत्युभएको छ । शुक्रबार दिउँसो एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

हेटौंडा–७ का ४० वर्षीय पुरुष र हेटौंडा–४ की ३७ वर्षकी एक महिलाको मृत्यु भएको हो । दुवैको आधा घण्टाको अन्तरमा मृत्यु भएको थियो । दिउँसो ४ बजेर ४५ मिनेटमा पुरुष र ५ बजेर ३० मिनेटमा महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । 


 


Author

थप समाचार
x