स्वास्थ्य

घर,सटर र गोदाम भाडा मिनाहा गर्न व्यापारीकाे आग्रह

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १९:२१ बजे

जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघले कोभिड संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिभरिको उद्योगी व्यवसायीसँग घर, सटर र गोदाम भाडा मिनाहा गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज साहले एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारण  बजार बन्द रहेको अवधीको पसल, सटर र गोदामको भाँडा मिनाहा गर्न आग्रह गरेका हुन् ।


विज्ञप्तिमा निषेधाज्ञालाई निर्विकल्प नबनाउन आग्रह गर्दै अति आवश्यक प्रकृतीका पसलहरु सुरक्षा सतर्कतासहित खोल्न वातावरण बनाउन तीन वटै तहका सरकारसँग मांग गरिएको छ ।

निषेधाज्ञामा सबभन्दा बढी मार उद्योग व्यवसाय नै पर्ने भएको हुनाले बैंकको ऋण ब्याज मिनाहा गराउन मांग गर्दै संघले निषेधाज्ञाले पर्ने असरप्रति ध्यान पुराउन समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

यसका साथै जनकपुरधाम प्रादेशिक अस्पतालमा अपुग रहेको दरबन्दी तत्काल पदपुर्ति गर्न गराउन दबाद दिने, मनिपाल अस्पताललाई विलम्व नगरी तुरन्त कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनु पर्ने र प्रदेश सरकारले स्वास्थ्य संकटकाल घोषणा गरि निजि अस्पतालको केही भागमा कोभिड सेवा सुरु गर्न गराउन पहलकदमी लिन पनि माग गरिएकाे छ । 


Author

थप समाचार
x