कोभिड-१९ महामारी :
उपत्यकाका चार निजी अस्पताल उपचार गर्ने जिम्मेवारीबाट पन्छिए
काठमाडौँ : काठमाडौँका चार निजी अस्पताल कोभिड संक्रमितको उपचार गर्ने जिम्मेवारबाट पन्छिएका छन् । शनिबार विज्ञप्ति जारी मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल , दिर्घायु गुरु अस्पताल एण्ड रिर्सच सेन्टर र हेल्पिङ ह्ययान्डस सामुदायिक अस्पतालले आजदेखि थप संक्रिमतको उपचार नगर्ने जनाएका छन् ।
नियमित अक्सिजन आपूर्ति हुन नसकेकाले वैकल्पिक व्यवस्था गर्न नसक्ने भएकाले सिमित बेड राखी उपचार गरिने बताएका छन् । 'शनिबारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित बेड राखी सञ्चालनमा ल्याई सेवा प्रदान गरिन्छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया