कोभिड संक्रमणबाट बडीमालिकाका वडाध्यक्षको मृत्यु
काठमाडौँ : नयाँ भेरियन्टको कोभिड-१९ संक्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक रहेका छन् ।
सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया