नेपाल आँखा अस्पतालमा हालसम्म एक लाख २५ हजार ३७९ जनाको शल्यक्रिया
फाइल तस्बिर
काठमाडौँ- नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ ।
अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो । अस्पतालबाट १४ जना नेत्र विशेषज्ञ लगायत १२९ जना कर्मचारीबाट आँखा सेवाको विशिष्टकृत सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
चालू आर्थिक वर्षको ८ महिनामा ९४ हजार ३ सय ४६ जनालाई सेवा प्रदान गरिएको र ५ हजार १३ जनाको शल्यक्रिया भइसकेको उनले बताए । उनले अस्पतालको चार वटा शाखाबाट पनि सेवा प्रवाह भइरहेको जानकारी दिए । हाल अस्पतालबाट दैनिक चार सयदेखि सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेको उनले बताए ।
डाक्टर पोखरेलले देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको बताए ।
अस्पतालको विसं २०३० चैत २६ मा स्थापना भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया