स्वास्थ्य

नेपाल अकुपन्चर मोक्सिबुसन अकुप्रेसर संघको एक दिने कार्यशाला गोष्ठी सम्पन्‍न

इकागज |
चैत २६, २०७९ आइतबार १०:५५ बजे

काठमाडौँ- नेपाल अकुपन्चर मोक्सिबुसनअकुप्रेसर संघले एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । आफ्ना सदस्य र अकुपन्चरिस्टहरूको निम्ति कम्मर दुखाइ र यसको निधान प्रक्रिया सम्बन्धित कार्यशाला गरेको हो ।

शनिबार भएको कार्यशालामा उपत्यकाका विभिन्न अस्पताल क्लिनिकका २० जना अकुपञ्चरिस्टहरूको सहभागिता थियो ।


मेडीसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले कम्मर दुखाइ र निधान प्रक्रिया सम्बन्धी प्रशिक्षण तथा पछिल्ला अनुसन्धानसम्बन्धी प्रगति विवरण पेश गरेका थिए ।

कम्मर दुखाइका विभिन्न अबस्थामा अकुपञ्चर उपचार अत्यन्त प्रभावकारी  मानिन्छ । उपत्यकाभित्र रहेका अकुपन्चर क्लिनिकहरुमा अहिले पनि पुग्ने बिरामी मध्ये ठूलो संख्या कम्मर दुखाइको बिरामीहरूको रहेको छ ।

कार्यशालाले अकुपन्चरिस्टहरूलाई कम्मर दुखाइसम्बन्धी थप जानकारी प्राप्त हुने अपेक्षा रहेको सहभागिहरूले बताए । नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघ नेपालमा रहेका लाइसेन्स भएका अकुपञ्चरिस्टहरूको साझा संगठन हो ।

 

 

 

 


Author

थप समाचार
x