स्वास्थ्य

जेठ २ गतेदेखि काठमाडौँमा दोस्रो चरणको भेरोसेल खोप लगाइने

इकागज |
बैशाख २७, २०७८ सोमबार १३:२२ बजे

काठमाडौँ : जिल्‍ला प्रशासन कार्यालय काठमाडौँले जेठ २ गतेदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप (भेरोसेल) सञ्चालन गर्न सम्‍बन्‍धित निकायलाई लेखी पठाउने निर्णय गरेको छ ।  जिप्रका काठमाडौँले दोस्रो चरणको खोप सञ्‍चालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी भिडभाड नगरी सम्‍बन्‍धित निकायलाई लेखी पठाउने निर्णय गरेको हो । सो कार्यका लागि सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने जिप्रकाले निर्णय गरेको हो । 

यस्‍ता छन् जिप्रकाका थप निर्णय
१. काठमाडौँ उपत्यकामा तीब्र रूपले बढी रहेको नयाँ भेरिएन्ट कोभिङ १९ को संक्रमण नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्नुका साथै मानिसको आवात जावतलाई घटाउन गर्न १५ दिनका लागि निषेधाज्ञालाई कडी कडाईका साथ लागु गर्न थप आदेश जारी गर्ने । २. उपत्यकाका विभिन्न अस्पतालमा कोभिड १९ का विरामीको चाप संगै अक्सिजन दिनुपर्ने विरामीहरुको संख्यामा दिनानुदिन वृद्धि हुदै गएकोले विरामीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने सम्बन्धमा देहाय बमोजिमको व्यवस्था लागु गर्ने ।


क) प्रत्येक पालिकाले गरेको सिफारिस अनुसार विरामीको संख्या र अस्पतालको आवश्यकताका आधारमा अक्सिजन सिलिण्डर उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने । ख) काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त संचालनमा ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने । ३. काठमाडौं उपत्यकाका प्रत्येक स्थानीय तहमा कोभिड १९ का संक्रमित विरामीको रोकथाम, नियन्त्रण उपचारको व्यवस्थापनका लागि देहाय बमोजिमको व्यवस्था गर्ने गराउने क) पालिकागत/वडागत रुपमा व्यापक रुपमा जनचेतना फैलाउने ।

(ख) कोभिड १९ चेक जाँचका लागि आवश्यक मात्रामा परिक्षण किट माग गर्ने, संक्रमितलाई आवश्यक सहयोग गर्ने र अपठेरोमा परेमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने । ग) कोमिड १९ को प्रभावकारी व्यवस्थापन गर्न आकस्मिक कार्य गर्न दुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्ने ।

४. हाल सम्ममा काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाबाट गरिएको परीक्षण र कन्‍ट्र्याक ट्रेसिङलाई थप प्रभावकारी बनाउन दायरा र क्षमता बढाउन त्यसका लागि महा/नगरपालिकालाई चाहिने आवश्यक प्राविधिक सहयोग लगायतका सेवा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट उपलब्ध गराउन लेखी पठाउने ।

५. कतिपय निजी अस्पतालहरुले कोभिड १९ को विरामीको उपचारको खर्च अस्वाभाविक रुपमा लिएको भन्ने गुनासो आएकाले सो सम्वन्धमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्वद्ध निकायका पदाधिकारीहरु रहने गरी अनुगमन टोली परिचालन गर्ने ।

६. काठमाडौं उपत्यकामा एन्टी कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप ( Vero-cell ) संचालनका सम्बन्धमा सवै वडा कार्यालयमा १ हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी भिडभाड हुन नदिने व्यवस्था गरी जेष्ठ २ गते देखी कार्य संचालन गर्नका लागि सम्बन्धित निकायलाई लेखी पठाउने । सो सो कार्यका लागि सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।


Author

थप समाचार
x