कोभिड-१९ को संक्रमणबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु
ललितपुरः कोभिड-१९ को संक्रमणबाट ललितपुर जिल्लामा मात्रै ४८ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालका अनसार जिल्लामा अहिले सक्रिय सङ्क्रमित हुनेको संख्या दुई हजार ५ सय ७ पुगेको छ ।
जिल्लामा सङ्क्रमितको सङ्ख्या पाँच हजार १ सय ५८ र अहिलेसम्म कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६ सय ३ पुगेको कार्यालय प्रमुख गेलालले बताए ।
जिल्लाको ललितपुर महानगरपालिकामा मात्रै अहिले एक हजार ५ सय ८८ जना सक्रिय संक्रमित छन् । भने महानगरमा मात्रै मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार मृतक हुने ५५ वर्षदेखि ६० वर्षमाथिका छन् । महानगरमा अहिलेसम्म तीन हजार ३ सय ४६ सक्रमित भएका र एक हजार ७ सय ३१ जना डिस्चार्ज भएका छन् । महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४ सय ८३ महिला र एक हजार ४ सय २ पुरुषमा कोभिडको संत्क्रमण देखिएको छ ।
गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १ सय ९४ र मृतकको सङ्ख्या पाँच छ । गोदावरीमा ३ सय ८१ सक्रमित भएकामा १ सय ९९ जना निको भएर डिस्चार्ज भएका छन् ।
महालक्ष्मी नगरपालिकामा अहिले ३ सय ४७ सक्रिय संक्रमित छन् । तीन जनाको मृत्यु भएको छ । महालक्ष्मीमा ६ सय ६ जना संक्रमित भएकामा २ सय ५६ जना निको भएर घर फर्किएका छन् ।
महांकाल गाउँपालिकामा पाँच जना सक्रिय संक्रमित छन् । नौ जना निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया