स्वास्थ्य

टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द

इकागज |
बैशाख २८, २०७८ मंगलबार १२:१३ बजे

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणका बन्द गरिएको छ । अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीका अनुसार परीक्षण सामग्री सकिएपछि केही दिनको लागि परीक्षण बन्द गरिएको हो ।

‘परीक्षणको लागि आवश्यक सामग्री सकिएकाले बन्द गरेका हौँ,’ उनले भने, ‘सामग्री आएपछि केही दिनपछि परीक्षण पुनः सुचारु गर्छौँ ।’



Author

थप समाचार
x