स्वास्थ्य

अनुहारमा दाग हटाउन के गर्ने ?

इकागज |
बैशाख १५, २०८० शुक्रबार ७:४६ बजे

काठमाडौँ- आफ्नो मुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन्, ताकी आफ्नो मुहार अझै निखार र सुन्दर देखियोस् । 

यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।


तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि आफ्नै घरमा भएका सामाग्रीहरू प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ । त्यसका लागि तपाईंले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्न हुन्छ । 

कागतीमा भिटामिन सी पाइन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ ।

आउनुहोस, जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसबाट हुने फाइदाका बारेमा ।

छालालाई शितलता: चर्को घामले छालामा समस्या ल्याइरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ । 

सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्यत गर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयोगी रहेको छ ।

एन्टी–एजिंग मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरू पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ । यसका लागि कागतीको रसमा महको मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेटपछि सफा पानीले अनुहार पखाल्नुहोस् ।  


Author

थप समाचार
x