४०० अक्सिजन सिलिन्डर बोकेर आइपुग्यो वाइडबडी
फाइल फोटो
काठमाडौं : चीनबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलायन्सको एयर बस ए ३३० (वाइडबडी) काठमाडौँ आइपुगेको छ । चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर लिएर जहाज नेपाल आइपुगेको हो ।
चीनले नेपाललाई १० हजार थान सिलिन्डर अनुदानमा दिने जनाए अनुरुप नै स्वास्ठ्य सामाग्री पठाएको हो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेको थियो । सरकारले सिलिण्डर अभाव भएपछि पहिलो पटक चीनबाट ल्याउन लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया