नेपाल मेडिकल कलेजले संक्रमितलाई भन्यो : अक्सिजन सक्यो आफैँ व्यवस्थापन गर्नू
काठमाडौँ : नेपाल मेडिकल कलेज संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको छ । कलेजले उपचार गराइरहेका कोभिड संक्रमितलाई अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
अस्पतालमा उपलब्ध गराउँदै आएको सोपान फर्मासिउटिकल्सको लिमिटेडको मेसिन बिग्रेकाले तत्काल अक्सिजन उपलब्ध गराउन नसक्ने जानकारी गराएकाले र अन्य ठाउँबाट अक्सिजन व्यवस्थापन गर्न नसकेको जनाएको छ ।
अस्पतालले आज विज्ञप्ति जारी गरी मंगलबार ४ बजे सम्म मात्र पुग्ने अक्सिजन पुग्ने उल्लेख गरेको छ । अक्सिजन सकिएको स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका र महानगरीय प्रहरी बौद्धलाई समेत जानकारी गराएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया