निषेधाज्ञा १४औँ दिन : संक्रमण घटेन, ज्यालादारी मजदुर भोकै !
फाइल तस्बिर
काठमाडौँ : उपत्यकामा निषेधाज्ञा सुरु भएको ठिक दुई साता पुगेको छ । निषेधाज्ञा सुरु भएपछि ज्यालादारी मजदुरहरूलाई दैनिकी चलाउन नै ठूलो समस्या भएको हो ।
केही दिनका लागि आफूले कमाएको २-४ रुपैयाँले दुई छाकको जोहो गर्दे आएकाहरू निषेधाज्ञा लम्बिदै गएपछि समस्यामा परेका छन् । यसरी बिहान-साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरूले सडकमै खाना खुवाउन थालेका छन् ।
कोभिड–१९को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाइएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न प्यालेसहरूमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन् ।
यसैबीच, निषेधाज्ञाको १४ औँ दिन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेक जाँचमा कडाई गरेपनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन संचालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनमा जसरी नै सवारी साधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विना काममा हिँड्नेहरूलाई प्रहरीले नियन्त्रणमा राखेको छ । कतिपयलाई १ सय रुपैयाँ जरिवाना पनि गरेको छ ।
कोभिड १९ संक्रमणको जोखिम न्युनीकरणका उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया