हेटौंडाबाट भक्तपुर अस्पताललाई १२ थान अक्सिजन सिलिण्डर पठाइयो
फाइल तस्बिर
हेटौंडाः हेटौंडाबाट भक्तपुर अस्पताललाई थप १२ थान अक्सिजन सिलिण्डर पठाइएको छ । गएराति अतिआवश्यक भएपछि १२ थान सिलिन्डर पठाइएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशका प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।
यसअघि भक्तपुर अस्पतालाई १५ र २५ थान अक्सिजन सिलिण्डर हेटौंडाबाट पठाएको थियो । बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशको सबै जिल्ला अस्पतालाई १५ देखि २५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया