युनिभर्सल कलेजले भन्योः अक्सिजन सकियो, आफ्नो व्यवस्था आफैं गर्नू
बुटवल : रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिल साइन्सेज शिक्षण अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन आपूर्ति गर्न पहल गर्दागर्दै कुनै उपाय नलागेपछि बिरामीलाई स्वयं अक्सिजन व्यवस्थापन गर्न भन्दै अस्पतालले सूचना जारी गरेको छ । सूचनामा बुधबार दिउँसो ३/४ बजेसम्म मात्र अक्सिजन आपूर्ति गर्न सकिने भएकाले त्यसपश्चात अक्सिजनको आफैं व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘अक्सिजन आपूर्ति गर्न १ हप्ता अगाडिदेखि अहोरात्र खटिई विभिन्न उपाय अवलम्बन गर्दा समेत कठिनाइ भएको छ, यहाँका सबै उद्योगबाट मात्र नपुगी अन्य जिल्लादेखि समेत पहल गर्दा अक्सिजन पुर्याउन नसकेकाले यो समस्याबाट हुनसक्ने भवितव्यलाई मध्यनजरगरी स्वयं अक्सिजन व्यवस्थापन गर्न आग्रह गर्दछौं,’ सूचनामा भनिएको छ, ‘अक्सिजन आपूर्ति गर्न सम्बन्धित सरोकारवालासँग अस्पताल पुनः ध्यानाकर्षण गराउन चाहन्छ ।’
अस्पतालका प्रशासकीय अघिकृत कमल ढाकालले अक्सिजनको प्रबन्ध गर्नका लागि सबैतिर याचना गरे पनि कसैले नसुनेको बताए । उनले अब हात उठाउनु वाहेक विकल्प नभएको उनको भनाइ छ । अस्पतालमा अहिले पनि २२० जना भन्दा बढी बिरामी भर्ना भएर उपचार गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया