‘मास्क लगाऔँ, बारम्बार हात धोऔँ, भौतिक दुरी कायम गरौँ र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौँ’
काठमाडौँ : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने बताएका छन् । डा.पाण्डवसँग गरिएको एक अन्तर्वार्तामा उनले नेपालमा जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको विकल्प नभएकोसमेत बताएका हुन् ।
विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढीरहेकाले उपचार भन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्ने तर्फ सबै सचेत इमान्दार हुन आवश्यक रहेको उनले बताए ।संक्रमण नियन्त्रणका लागि खोप महत्वपुर्ण तथा शक्तिशाली उपाय भए पनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए ।
२ सय ७५ भन्दा बढी खोपहरू विकासको चरणमा रहेको र ९१ को चिकित्सकीय रुपमा प्रयोग भई नियामक निकायले कतिपयलाई आपतकालीन प्रयोगका लागि पनि अनुमति दिइसकेकाले केही आशाका किरण पनि देखा पर्न थालेको उनले उल्लेख गरे । उनले विश्व नै एकिकृत हुनसक्ने हो भने खोपको पर्याप्त उत्पादनमा अभूतपुर्व तिब्रता हासिल गर्न सकिने विश्वास व्यक्त गरे । तर, त्यसका लागि सबै सरकारहरुबाट तत्कालै महत्वपुर्ण राजनीतिक तथा आर्थिक प्रतिवद्धता आवश्यक पर्नेसमेत उनले बताए ।
दक्षिण पुर्वी एशिया र विकासशिल राष्ट्रहरुमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन बताए । बलियो स्वास्थ्य प्रणाली र जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरुले कोभिड १९ को सामना गर्न बढी सक्षम भएबाट अन्य देशले स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सवलीकरणमा लगानी गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको बताए । विगतका दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अप्रयाप्त लगानीको प्रतिफल नै कोभिड १९ को संकटको रुपमा दुर्रभाग्यवस देखापरेको तर्क उनले गरे ।
अन्तर्वार्ताको अन्त्यमा उनले भने,‘सम्झाउन चाहन्छु कि, हामी सबै अगाडि बढ्नुपर्छ । आफु र अन्यलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेबारी पुरा गर्नुपर्छ । सबैलाई आग्रह गर्न चाहन्छु कि कृपया जनस्वास्थ्य निर्देशिका पालना गरौँ । मास्क लगाऔँ । बारम्बार हात धोऔँ । भौतिक दुरी कायम गरौ र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया