स्वास्थ्य

यसरी आफै बनाउनुस् घरेलु मसलाबाट फोक्सो सफा गर्ने चिया

इकागज |
मंसिर ४, २०७७ बिहिवार ७:८ बजे

चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान/बेलुका मुटु कमाउने जाडो हुन थालेको छ । दराजमा थन्क्याएर राखेको जाडोको कपडा बिस्तारै निकाल्न थालिएको छ । बाहिरी वातावरणको तापक्रम घटेसँगै वायु प्रदुषण बढ्ने सम्भावना बढी हुने विभिन्न अध्ययनले देखाएको छ ।

कागन टायगुन्गिन ट्राइबका अनुसार चिसो मौसममा प्रदुषणको स्तर अधिक हुन्छ । चिसो मौसम र सुस्त हावाको कारण धूलोका कणहरु माथिमाथिसम्म उड्न सक्दैन । र, कार्बन मोनोअक्साइड अस्वस्थकर तहमा पुग्न सक्छ । खराब हावाको गुणस्तरले मानिस र वातावरणलाई हानी पुर्‍याउँछ । वायुको गुणवत्ता प्राकृतिक वा मावन निर्मित स्रोतहरूद्वारा प्रदूषित हुन्छन् ।


केही प्राकृतिक स्रोतहरु ज्वालामुखी विस्फोट र आँधीबेहरी धुलो हुन् भने मानव निर्मित स्रोतहरूमा चालु सवारी साधनहरू, उद्योगबाट निस्कने विषालु ग्याँसहरु, कोइलाबाट चालित अन्य सामग्रीहरु र ल्यान्डफिलहरु सामेल गर्दछन् । यी दुबै स्रोतहरुले वास्तवमा हावाको गुणस्तरलाई असर गर्न सक्छ ।

जाडोको बखत, घर वा कार्यालय भित्रको हावाको गुणस्तर पनि ठूलो चिन्ताको विषय बन्न सक्छ । किनकी मानिसहरु चिसोमा लामोसमय झ्यालढोका बन्द गरेर बस्छन् । जसको कारण हावा ओहोरदोहोर गर्न सक्दैन । जसको कारण घरभित्रै कार्बाेनडाइअक्साइड गुम्सिएर बस्छ । यसरी गुम्सिएर रहने कार्बाेनडाइअक्साइड पनि मानिसको स्वास्थय समस्याको कारण बन्न सक्छ । जसको कारण टाउको दुख्ने वा आलस्य हुने समस्या निम्तिन सक्छ ।

बाहिरी हावाको गुणस्तर भित्री हावाको भन्दा राम्रो हुन सक्छ । त्यसकारण मानिसहरु घरभित्रै मात्र बस्नुभन्दा बाहिर बस्न राम्रो हुने गर्छ । त्यस्तै चिसो भएपनि घरको झ्याल ढोकाहरु छोटो समयको लागि भएपनि खोल्नुपर्छ । आगो बाल्ने अगेनु वा भेन्टिलेसन सफा र व्यवस्थित राख्नुपर्छ । कोठामा हावा प्रशारण राम्रो सँग हुनको लागि प्रत्येक चार घण्टामा १० मिनेटको लागि घरको झ्यालहरु खोल्नुपर्छ ।

प्रदुषित हावाको कारण स्वासप्रस्वासमा समस्या देखिन सक्छ । प्रदुषित हावामा स्वास लिनाले अस्थमा, ब्रोंकाइटिस, निमोनिया लगायत फोक्सोसम्बन्धि अन्य समस्या देखिन सक्छ । धुलोको कणबाट फोक्सोलाई बचाउनको लागि महत्वपूर्ण हुन्छ । बढ्दो वायु प्रदुषणको कारण फोक्सोमा समस्या हुन नदिन ल्यूक कौटिन्होले घरेलु उपाय इन्स्टाग्राममा सेयर गरेका छन् ।

अमेरिकाको कनेक्टिकटस्थित डर्बीको एमडी डा. काट्ज, एल ग्रिफिन रोकथाम र अनुसन्धान केन्द्रबाट अभिभावक र बच्चाहरुलाई पोषणसम्बन्धी जानकारी दिनको लागि ल्यूकले अन्तराष्ट्रिय मान्यता पाएका छन् । उनले क्यान्सर रोगको अनुसन्धानमा निरन्तर संलग्न विश्वका डाक्सरहरुसँग मिलेर काम गर्छन् । उनी कहाँ अमेरिका, लन्डन, युरोप लगायतका मानिसहरु आउने गर्छन् । उनै ल्यूकले आफ्नो इन्स्टाको पोष्टमा एक विशेष चियाको बारेमा उल्लेख गरेका छन्, जसले तपाईंको फोक्सो सफा राख्न र तपाईंको प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्दछ । यो चिया कसरी बनाउने, हेरौं । 

यो चिया पिउँदाको फाइदा 
यो चिया प्राकृतिक जडिबुटी र मसलाबाट तयार पारिएको हो, जुन सामान्य रूपमा प्रत्येक घरमा उपलब्ध हुन्छन् । र यो औषधीजन्य गुणहरू पनि पाइन्छ । यस चिया पिउँदा प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ । विशेष गरी कोभिडको संख्या बढ्दै गएको यो समयमा निकै लाभदायक छ ।

मौसमी फ्लु पनि बढ्दै गइरहेको छ । यो चिया हरेक दिन पिउँदा तपाईंको फोक्सो सफा गर्न र तपाईंको आन्तरिक रक्षा प्रणालीलाई मजबुत बनाउ मद्दत गर्छ । तपाईंलाई बिरामी हुनबाट बचाउँछ । 

चिया बनाउन चाहिने सामग्री 
- कुटिएको अदुवा (एक इन्च) 
- एउटा दालचिनी टुक्रा
- १/२ टेबल चम्चा तुलसीको पातहरु 
- ३ वटा मरिच
- दुइवटा कुटिएको सुकुमेल
- एक चौथाई टेबल चम्च सुपको गेडा 
- एक चिम्टी ज्वानोको गेडा
- एक चौथाई टेबल चम्चा जीराको गेडा

चिया पकाउने तरिका 
सुरुमा यी मसलाहरु एउटा गहिरो प्यान वा भाडामा राख्नुपर्छ । त्यसपछि यसमा एक गिलास पानी राखेर १० मिनेट उमाल्नुपर्छ । राम्रोसँग उम्लिसकेपछि छानेर कपमा राख्न सक्नुहुन्छ । तपाईंले स्वाद बढाउन यसमा जैविक मह वा गुडं मिसाउन सक्नुहुन्छ ।

चिया पिउने उपयुक्त समय 
बिहानीको समयमा तपाईंले नियमित रुपमा पिउने चिया वा कफीलाई रोक्नुहोस् र आफ्नो रोग प्रतिरोधी क्षमता बढाउन र फोक्सो सफा गर्न यो हर्बल चिया पिउन थाल्नुहोस् । तपाईंले दिनमा धेरैपटक यो चिया पिउनुपर्दैन । विहानीको समयमा एकपटक यो चिया पिउँदा पनि तपाईंलाई धेरै फाइदा गर्छ ।

चिया सेवन गर्नुअघि ध्यान पुर्‍याउनुहोस् 
यो चियामा विभिन्न प्रकारका मसला हुन्छन् । जसमध्ये अधिकांश मसलाले शरीर तातो बनाउँछ । अत्याधिक तातो पनि शरीरको लागि हानीकारक हुन्छ । त्यसकारण यसबाट बच्न तपाईंले दिउँसो टन्नै पानी पिउन सक्नुहुन्छ ।

जाडोमा प्यास कम लाग्ने हुँदा अधिकांशले पानी पिउँदैनन् । त्यसकारण तपाईंले शरीरमा पानीको मात्रा बढाउन, पानीको मात्रा बढि पाइने तरकारी वा फलफुल खान सक्नुहुनेछ । यदि तपाईं कुनै दीर्घ रोग वा अन्य समस्याबाट गुज्रिरहनुभएको छ भने यो चिया पिउनु अघि आफ्नो डाक्टरसँग सल्लाह गर्नुहोला । (एजेन्सीको सहयोगमा)


 


Author

थप समाचार
x