सामान्य औषधि पनि छैनन् मुगुका अस्पतालमा
मुगु । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आइरहेका छन् । विगतका वर्षहरुमा रोग र भोकले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ ।
सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुमा औषधि किन्ने पैसा छैन । नेपाल सरकार बाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरे पनि मुगाली नागिरक र अस्पतालमै यी ओैषधिकै अभाव रहेको छ । दर्जनौँ प्रकारका औषधि अभाव भइरहँदा अस्पतालसँग भने औषधि किन्ने पैसा नै नभएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
‘गत वर्ष औषधि खरिदको लागि छुट्याइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो । तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा दिनै सकिँदैन । औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाई भएन ।’
नेपाल सरकार राष्ट्रिय बीमा बोडले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ । उपचारबापत पाउने रकम हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया